दफा २३
चरित्र हनन गर्न नहुने
(१) उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचनको नतिजामा प्रभाव पार्नका लागि कुनै उम्मेदवार वा निजको परिवारको सदस्यको कुनै पनि किसिमले चरित्र हनन गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) विपरीतको कार्य गर्ने व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवैसजाय हुनेछ ।